पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ असोजमा हुने

File photo
File photo

पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुनेभएको छ। 

आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले शनिबार पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो। 

पथरीशनिश्चरे– १ जाँते मोडमा अवस्थित पथरी रंगशालामा हुने प्रिमियर लिगमा ८ वटा टिमबीच घमासान प्रतिस्पर्धा हुनेछ। जसमा सात बाघ, मंगलबारे लिजेन्ड, हिसाव किताब ट्राईडेन्ट, रोयल किङ्गस, विरेन्द्रनगर स्टिल टाईगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह, आइतबारे अस्त्र रहेका छन्। 

खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-03 22:27:00

प्रतिकृया दिनुहोस्