डोल्पामा एकीकृत समाजवादी पार्टीले संघ प्रदेशमा उम्मेदवारी सिफारिस टुंग्याएको छ।
जिल्ला कमिटी बैठकले आइतबार संघमा धनबहादुर बुढालाई सिफारिस गरेको छ।
प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्ष तर्फ नन्द सिंह बुढा र गणेश बहादुर शाहीको नाम सिफारिस गरेको पार्टी सह जिल्ला उप सचिव मानप्रसाद बुढाले बताए।
समानुपातिक तर्फ युवा नेता तथा पार्टी उप सचिव मानप्रसाद बुढा र मिलन शाहीको नाम सिफारिस गरिएको छ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्ष तर्फ युवराज थकालीको एकल नाम सिफारिस गरिएको छ।
समानुपातिक तर्फ माया ठकुल्लाको पनि एकल नाम सिफारिस गरिएको छ।