किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
किङडमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित गर्यो। किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गरे। निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए। भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे। सेमिफाइनलमा लोयल्टीको भेट किङडमसँग हुनेछ भने भ्याली पब्लिकले ग्रिनल्यान्डविरुद्ध खेल्ने छ।
सिनियर गल्र्समा एचएचसीएले तिरुपतिलाई ११–१०, ग्रिनल्यान्डले टीआईएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभीकेएससलाई २८–७ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
एचएचसीएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुले। पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसीएबीच हुनेछ।