श्रीलंकामा जारी यु- १७ पुरुष साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बनाएको छ।
श्रीलंकाको कोलम्बोमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। तर, खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए।
त्यसअघि खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए।
पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन्। दुवै टोली जितसहित समूह बी को विजेता बन्ने दौडमा छन्।