समता फुटबल प्रतियोगिताको तयारी पुरा

खोटाङमा समता फुटबल क्लबको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ।

आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो। प्रतियोगिता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ। 

प्रतियोगितामा जिल्लाका क्लब, वडा र संघसंस्था गरी १७ टिमको प्रतिस्पर्धा हुने समता फुटबल क्लबका अध्यक्ष डिके दिनेशले जानकारी दिए। उद्घाटन खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नमस्ते सुपर खोटाङ यातायात प्रालिबीच हुने छ। 

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोस्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेस्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।

यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र वींगर्सलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव सुमन हिङमाङले बताए।

प्रकाशित मिति: : 2022-09-09 22:06:00

प्रतिकृया दिनुहोस्