स्वच्छ बागमती अभियान : धापको पानी अन्तै जानी चिन्ता

अनलाइनखबर

काठमाडौं

बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ।

सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो।

बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने स्थानमा बाँध बाँधेर सुन्दरीजल जलविद्युत आयोजनाले लगेको छ । यसैगरी बागमतीको पानी केयूकेएल, मेलम्ची, डाँछी खानेपानी र अर्को एक परम्परागत सिंचाइ आयोजनाले बाँध बाँधेर लगेका छन्।

प्रकाशित मिति: : 2022-09-20 08:05:00

प्रतिकृया दिनुहोस्