छैटौं संस्करणको साफ नेपाली महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन्।
सोमबार सम्पन्न साफ महिला च्यापियनसिपको फाइनलपछि पत्रकार सम्मेलन गर्दै उनले राजीनामाकाे घोषणा गरेका हुन्।
आफूले उपाधि दिलाउन नसकेपछि पदमा बसेको उचित नभएको भन्दै उनले राजीनामा दिएका हुन्।
२०१६ मा प्रशिक्षकको जिम्मेवारी पाएका उनकाे टीम सेमिफाइनलमा रोक्किएको थियो।
योसँगै नेपाल र बंगलादेशबीचको फाइनलपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन्।
सन्यास घोषणा गर्ने खेलाडीहरूमा डिफेन्डर पुनम जर्घामगर, मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई रहेकी छन्।
१३ औँ सागमा नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका थिए। भारतसँग भएको फाइनल खेलमा नेपाल २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका थिए।
उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका थिए।
खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो। जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ गाेल बारबारीमा टुंगिएको थियो।