थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यानसमेत गुमाएका छन्।

हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन्। अहिले देशभारमा १२ सय ८३ जना सक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाली छन्।

प्रकाशित मिति: : 2022-09-24 16:29:00

प्रतिकृया दिनुहोस्