अशोकले ९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

सेतोपाटी

जुना श्रेष्ठ
File Photo
File Photo

अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्।

'हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,' अशोकले भने, 'विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।'

रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा 'रेड-ब्लू' र 'रेड-साओला' पुर्‍याइरहेको छ।

प्रकाशित मिति: : 2022-09-27 06:59:00

प्रतिकृया दिनुहोस्