रुसी विद्यालयमा गोलीकान्डः कम्तीमा १५ जनाको मृत्यु

File Photo
File Photo

रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन्। गोली हान्ने व्यक्ति नव फासीवादीसमूहसँग आवद्ध रहेको बताइएको छ।

अन्वेषकहरूका अनुसार आक्रमणकारीले  नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो। सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए।
 

प्रकाशित मिति: : 2022-09-27 07:05:00

प्रतिकृया दिनुहोस्