नेपाल र बंगलादेश भिड्दै

File Photo
File Photo

फिफा  मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन्। यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन्। दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन्।

गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो।

यस्तो छ हेड टु हेड:

नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ। नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ।

प्रकाशित मिति: : 2022-09-27 07:58:00

प्रतिकृया दिनुहोस्