रतुवामाई अन्तरपालिका स्तरीय फुटबल : उद्घाटन खेलमा लालीगुराँस विजयी

लालीगुराँस स्पोटिङ क्लब विराटनगर रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको छ। 

रतुवामाई ६ स्थित सौँठा माविको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा लेटाङ एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै लालीगुराँस स्पोटिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। 

प्रतियोगिताको उद्घाटन रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंह र उपप्रमुख दमयन्ता चुडालले गरेका थिए। युवा तथा खेलकुद समितिको आयोजनामा असोज १८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको रुपेश ढकालले जानकारी दिए।

प्रतियोगतामा मिल्स युवा क्लब विराटनगर, डागीँहाट फुटबल क्लब बेलबारी, अमरदह स्पोटिङ क्लब सुनवर्षी, राजघाट स्पोटिङ क्लब उर्लाबारी, लालीमा फुटबल क्लब गौरीगञ्ज र आयोजक रतुवामाई नगरपालिकाको सहभागीता रहेको आयोजक समितिका सदस्य दिनेशकुमार बिष्टले जानकारी दिए। 

प्रतियोगिताको विजेता नगद रु ५१ हजार र उपविजेता टिमले ३१ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ। प्रतियोतिगताको दास्रो खेल बुधबार आयोजक टिम र मिल्स युवा क्लब विराटनगरबिच हुदैँछ।

प्रकाशित मिति: : 2022-09-28 11:03:00

प्रतिकृया दिनुहोस्