रंगशालामा भागदौड: इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु (भिडियाेसहित)

बिएल संवाददाता

इन्डोनेसिया

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ। 

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो।

पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ । ‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो । अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ उनले भने । 

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए। सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटवल दर्शकको मृत्यु भएको हो।

घटनाबारे इन्डोनेसियन फुटबल एसोसिएसनले अनुसन्धान थालेको छ भने यो घटनाले इन्डोनेसियन फुटबललाई 'कलंकित बनाएको' बताएको छ । घटनापछि यहाँकै मुख्य मानिने लिग बिआरई लिग १ एक साताका लागि रोकिएको छ ।

प्रकाशित मिति: : 2022-10-02 08:27:00

प्रतिकृया दिनुहोस्