बाल्यकालको जस्तो खुसी किन छैन म?

सेतोपाटी

मिनेन्द्र रेग्मी

दसैं हिन्दु नेपालीहरूको ठूलो चाड हो। वार्षिक क्यालेन्डरमा सबभन्दा लामो पर्व। दुःखकष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने समय। एकअर्का सँग खुसी साटासाट गर्ने र मान्यजानबाट टीका ग्रहण गरी मनाउने परम्परा।

मेरो बाल्यकालमा सबैभन्दा रमाइलो चाड नै दसैं थियो। दसैं शब्द सुन्नासाथ मनमा एक किसिमको ऊर्जा पैदा हुन्थ्यो। दसैंले त्यति बेलादेखि नै मेरा लागि विशेष महत्त्व राख्दै आएको छ। कहिलेकाहीँ त परीक्षामा मनपर्ने चाडपर्वका बारेमा निबन्ध सोध्दा मैले दसैंका बारेमा कैयौं पाना भरिने गरेर लेखेको सम्झिन्छु। अझ कहिलेकाहीँ त लेख्दालेख्दै कसले कति दक्षिणा दिए भनेर समेत लेख्न भ्याउँथे।

पहिला गाउँका सबैजसो घरआँगनमा, खुला चौरहरूमा पिङ राखेपछि दसैं आएको संकेत हुन्थ्यो। नयाँ लुगा लगाउने, मिठा खाने कुरा खाने, रमाइलो गर्ने, पिङ खेल्ने। सोच्छु कति रमाइलो थियो त्यति बेलाको दसैं।

प्रकाशित मिति: : 2022-10-04 15:21:00

प्रतिकृया दिनुहोस्