सिटी र चेल्सीको सहज जित

Photograph: Ryan Browne/REX/Shutterstock

साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति भएकाे इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन्।

सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो। सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक–एक गोल गरे।

जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। साउथह्याम्पटन ७ अंक जोडेर १६औं स्थानमा छ। अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो। चेल्सीको जितमा  काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक–एक गोल गरे।

जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ। उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ। राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्‍यो। जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2022-10-09 06:36:00

प्रतिकृया दिनुहोस्