गेसोको चौंथो अधिवेशनले सभापतिमा कृष्ण कुमार राई सर्वसम्मतले पुनः निर्वाचित

गोर्खा आन्दोलनलाई थप उचाईमा लैजाने छः सभापति राई

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को चौंथो अधिवेशनले केन्द्रिय सभापतिमा कृष्ण कुमार राई पुनः निर्वाचित भएका छन्। बेलायतको स्थित एम्पायर हलमा अक्टोबर ८, शनिबार भएको चौंथो महाधिवेशनद्वारा राईलाई सर्वसम्मत सभापति चयन गरिएको हो।

त्यस्तै उपसभापतिमा जीतबहादुर राई, मणी किरात बान्तवा, धर्मबहादुर तामाङ, क्षेत्रकला राई, तीर्खबहादुर पुन, डम्बरबहादुर लिम्बु, प्रेमजंग शाही, हेमबहादुर तामाङ, विमला राई र मिना राई निर्वाचित भएका छन् भने महासचिवमा नरहाङ राई निर्वाचित भएका छन्। 

उपमहासचिमा वुद्धिराज राई र मानबहादुर गुरुङ, सचिवमा राजकाजी गुरुङ, वसन्ती बुढा र वसुन्धरा याख्या राई चुनिएका छन्। त्यसैगरी कोषाध्यक्षमा देवीमाया पुन, सहकोषाध्यक्षमा शहरमान तामाङ, उत्तरकुमार सुन्दास र देवीकुमार राई चयन भएका छन्।

केन्द्रिय सदस्यहरुमा नवराज राई, ज्ञानेन्द्र राई, खम्बासिंह राई, जसबहादुर गुरुङ, लंकबहादुर गुरुङ, रामप्रसाद गुरुङ, मानबहादुर राई, महेन्द्र गुरुङ, खड्गचन्द्र राई, केशबहादुर पुन, बर्मन रोका, भानुभक्त राई, कमला सुचा राई, विमाया पुन, फुलमाया पुन, धनकुमारी पुन, चनमाया पुन, मुना जवेगु, शान्तिमाया लिम्बु, बिना इग्नाम, लालसुन्दर राई, शुकराज राई, रामबहादुर देउसाली, वालकृष्ण राई, ओमकुमारी पूर्जा, रामकुमार राई, विनोदकुमार राई, जगतलाल प्रधान, यान्का आले, कमल थुलुङ, रामचन्द्र राई, रविन राई, झविन्द्र थापा, सुशिला राई, अशोक गुरुङ, राम राई र हेमप्रसाद छन्त्याल चयन गरिएका छन्।

नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष हेमबहादुर तामाङले शपथ खुवाएका थिए। अधिवेशनले प्रेमजंग शाहीको संयोजकत्वमा विधान संशोधन गरि पारित समेत गरेको छ। कोषाध्यक्ष देवीमाया पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

सभापति राईले सांगठनिक प्रतिवेदन र भावी कार्यनितिबारे प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो।

महाधिवेशनले सल्लाहकारहरुमा महेन्द्रलाल राई, पुरञ्जन राई, अमरसिं आले, देवबहादुर गुरुङ, दशरथ राई र कृष्ण सुब्बालाई चयन गरेको छ। 
पुनस् निर्वाचित भएपछि सभापति कृष्णकुमार राईले बिगतमा जस्तै भूपू गोर्खा सैनिकहरुको हक अधिकारको लागि इमान्दारपूर्वक काम गर्ने प्रतिवद्धता जनाएको छ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक ११ अक्टोवरमा बस्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: : 2022-10-09 17:59:00

प्रतिकृया दिनुहोस्