अब गाउँ, गाउँ रहेन

रातोपाटी

सञ्जीव कार्की

आज म मेरो गाउँघरको कथा कहन्छु ।  दशकअघि गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन,प्याज,खुर्सानी,सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारी करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि वगैँचामा लटरम्म हुन्थे । धान,मकै,कोदो,गहुँ,फापर,तोरी,तिलले बारी झकिझकाउ र हराभरा रहन्थे । खेताला जाने,मेलापात अर्मपर्मको बेग्लै स्वाद र मजा हुन्थ्यो । विशेष गरी सत्यनारायण र स्वस्थानी पूजाको रौनक उल्लेखनीय र रोमान्चकारी हुन्थ्यो ।

 

महाभूकम्प २०७२ पछि गाउँघरको रूप फेरिएको छ । गाउँमा पनि प्रायः आरसीसी ढलान घर बन्न थालेका छन्् भने पुराना रातोमाटो र कमेरो पोतिएको घर भेट्टाउन मुश्किल छ । भूकम्प प्रतिरोधी घर बनाउन परेको कारण पुराना ढाँचाका घर मासिएर गाउँ आधुनिक घर निर्माणको चरणमा पुगेको छ ।

प्रकाशित मिति: : 2022-10-10 13:35:00

प्रतिकृया दिनुहोस्