नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन्।
यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए। अक्टोबरमा भएको यु-२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए।
गत वर्ष नेपाली यु-२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए। यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन्।