‘सुनका बाला’ टलक्कै भातगाउँकाे आँगनैमा (भिडियाे रिपाेर्ट)

भक्तपुरकाे च्यमासिंहका किसानहरूमा यतिबेला धान सुकाउने चटारो छ। धान भित्र्याउने समयमा परेको मुसलधारे वर्षाले बालीमा धेरै क्षति पुर्‍याएपछि निराश बनेका किसान फेरि बादल हटेर घाम लागेपछि धामाधम धान सुकाउनमा व्यस्त छन्।

विशेषत: भक्तपुरमा बढी चाइनिज र टाइचिन धान राम्रो उब्जनी हुने गर्छ। आफूहरूले गरेको खेतीको उत्पादनबाट जहानलाई सजिलोसँग खान पुग्ने यहाँका किसानहरू बताउँछन्। तर, टाइचिन रोप्दा त्यति धेरै फल्दैन, चाइजिन रोप्याे भने उत्पानदन राम्रै हुने अनुभव सुनाउँछन्, किसानहरू।

विगत २१ वर्षदेखि धान खेती गर्दै आएकी लोक्ष्य लक्ष्मी कोजु भनछिन्,‘धान थन्काउने समयमा असिना र पानीले गर्दा दुई मुरी धान खेतमै नष्ट भयाे। पहिलेको वर्षाभन्दा यो वर्ष उत्पादन पनि कम भएको छ। यति भए पनि हाम्रो परिवारलाई भने वर्षभरि खान पग्छ।’ उनी आफूले गरेको खेतीबाट सन्तुष्ट छिन्।

त्यस्तै पाँच दशकदेखि खेती गर्दै आएकी रामकेशरी नेमाफु सुनाउँछिन्,‘पहिलेको वर्षको तुलानामा भन्दा यो वर्ष चाहिँ धान राम्रो फलेको छ। अहिले पानी परे पनि हाम्रो खेतीलाई केही असर गरेको छैन। एक रोपनीमा ७ मुरी फल्छ। हामीलाई खान पुगेकै छ।’

भक्तपुरका किसानलाई धान सुकाउन भ्याइनभ्याइ (फाेटाे फिचर)

प्रकाशित मिति: : 2022-10-19 21:50:00

प्रतिकृया दिनुहोस्