लिभरपुल लयमा फर्किँदै

Tottenham Hotspur FC/Getty Images
Tottenham Hotspur FC/Getty Images

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ।

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए। रोबर्टाे फिर्मिन्होले एक गोल थपे। साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए।

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ। साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ।

राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–३ ले हरायो। बर्नेमाउथले एभर्टनलाई ३–०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० र लेस्टरले वेस्ट ह्यामलाई २–० ले हराएका छन्।

प्रकाशित मिति: : 2022-11-13 07:41:00

प्रतिकृया दिनुहोस्