संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो।
युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाकाे मद्दतमा ५३ रन बनाए। यस्तै, ओपनर अरविन्दले ४० रन बनाए।
मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काकाे मद्दतमा ४४ रन जोडे। नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ। रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो।