डाेल्पाका दुई मतदान केन्द्र : मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला

हिमाली जिल्ला डाेल्पाका ६८ वटा मतदान केन्द्रमध्ये दुई वटा मतदान केन्द्रमा महिलाले नेतृत्व गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ मा पर्ने त्रिपुरा मावि काटियाचाैर मतदान केन्द्र र ठुलिभेरी नगरपालिकाअन्तर्गत वडा नं ३ मा पर्ने सरस्वती माध्यमिक विद्यालय मतदानकेन्द्र महिला कर्मचारीले नेतृत्व गरेका छन्। यी मतदान केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षार्मीसम्म महिला खटाइएको छ।

यता त्रिपुराकाेट माध्यमिक विद्यालय काटियाचाैर मतदान केन्द्रमा मतदान अधिकृतकाे रुपमा सम्झना महतारा खटिएकी छन्। सहायक मतदान अधिकृतकाे रुपमा मायादेवी शाही खटिएकिछन्।

त्यसैगरी बलिसरा विक, सुनिता ठकुल्ला, भाग्या देवी राेकाया, सन्ध्या आचार्य, शान्ति महतारा, निमा साङमाे राेकाय यश मतादान केन्द्रमा खटिएका छन्। यस मतदान केन्द्रमा खटिएका म्यादी र नेपाल प्रहरीहरु पनि कतिपय महिलाछन्।

पुरुष कर्मचारी भन्द्रा महिलालाई निर्वाचनकाे पुर्व तयारीगर्न केही समस्या भएकाे मतदान अधिकृत सम्झना महताराले बताइन्।

महिला भएपनि सबै सक्रिय भएकाले भाेलिका लागि गर्नुपर्ने मतदानस्थल निर्माण लगायतका सम्पूर्ण काम गरिसकेको उनले बताइन्।

‘निर्वाचनमा पुरुषसरह महिलाले पनि काम गर्न सक्छन्, त्याे विगतका निर्वाचनले पनि देखाएको छ, तर झैझगडा भयाे भनेपनि समस्या हुन्छ’, उनले भनिन्। यस मतदान केन्द्रमा चार जना त दुधे बच्चा भएका महिला कर्मचारी रहेकाे उनले बताइन्।

त्यसैगरी सरस्वती माध्यमिक विद्यालय दुनै मतदान केन्द्रमा पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी पनि महिला मात्र खटाइएको छ।

मतदान अधिकृतकाे रुपमा सुजिता श्रेष्ठ खटिएकी छन् भने सहायक मतदान अधिकृतकाे रुपमा संगीता कार्की खटिएकी छन्।त्यसैगरी तुलसा कुमारी रावत, सुमित्रा धराला, टीका थापा, उर्मिला राेकाय, निसा बुढा, विजु बुढा खटिएका छन्।

पुरुषभन्दा महिलाहरु मात्र हुँदा अझ सहज महसुस भएकाे मतदान अधिकृत सुजिता श्रेष्ठले बताइन्। महिला मात्र भएकै कारण स्वच्छ र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न त्यस्तो कुनै समस्या नभएको उनकाे भनाइ छ।

मतदान केन्द्रहरु समावेशी र महिलामैत्री बनाउ भन्ने हिसाबले दुईवटा मतदान केन्द्रमा महिला मात्र खटाएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए।

हाम्रो समाजमा महिलाहरुलाई कार्यसम्पादनकाे हिसाबले कमजोर ठान्ने भएपनि जिम्मेवारी पाएकाे ठाउँमा पुरुषहरुभन्दा महिलाहरुले अझ राम्रो काम गर्न सक्ने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2022-11-19 13:39:00

प्रतिकृया दिनुहोस्