राजनीतिक दलका प्रतिनिधि नआउँदा सुरु भएन डोल्पामा मतदान

BreaknLinks
BreaknLinks

हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरा माध्यमिक विद्यालय काटियाचाैर मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेकाे छैन्।

जिल्लाका अन्य मतदान केन्द्रमा मतदान सुरु भइसकेपनि एक घन्टा बितिसक्दा पनि यस मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरु ढिला पुगेपछि मतदान ढिला भएको हाे।

त्यतिमात्र नभई मतपेटिकामा पनि सिल नलाग्दा ढिलाई भएकाे मतदान अधिकृत सम्झना महताराले जानकारी दिइन्। अब केही समयमा मतदान सुरु हुने उनकाे भनाई छ।

प्रकाशित मिति: : 2022-11-20 09:48:00

प्रतिकृया दिनुहोस्