मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

बिएल संवाददाता

मध्यबिन्दु (नवलपरासीपूर्व)
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन्। मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताए। 

शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताइन्।

कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छिन्। उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो। 

देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन्। उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउँछिन्। 

समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ। 

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छिन्। उनी अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ। त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन। 

प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ। देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन्। 

प्रकाशित मिति: : 2022-11-20 14:59:00

प्रतिकृया दिनुहोस्