जुम्लामा ६५ प्रतिशत मत खस्यो 

जुम्लामा ६५ प्रतिशत मत खसेको छ। कुल ६८ हजार ६ सय ३८ मतदाता संख्या रहेको जुम्लामा ६५ प्रतिशत मत खसेको हो।

मतदाताहरु कालापहाड जानु र घरमै भएका पनि निर्वाचनमा सहभागी नहुनु लगायतका कारणले न्युन मत खसेको बुझिएको छ।

नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार जुम्लाको अन्तिम नतिजा अनुसार ६५ प्रतिशत मत खसेको छ।

जसमा महिला २१ हजार ९ सय ५७ र पुरुष २३ हजार १ सय २ जना मत खसेको छ। गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जुम्लामा ७० प्रतिशत मत खसेको थियो।

स्थानीय तहको चुनावका बेला जुम्लामा थपिएका ६ हजार सहित ६९ हजार मतदाता थिए।

स्थानीय तहकाे तथ्यांकलाई हेर्दा निर्वाचनमा जुम्ली मतदाताको उत्साह देखिएन्। प्रमुख जिल्ला अधिकारी मुकेश केसरीका अनुसार जुम्लाका सबैतहबाट ढिलामा राति १२ बजेसम्म मत पेटीका आइसक्ने छन्।

प्रकाशित मिति: : 2022-11-20 19:31:00

प्रतिकृया दिनुहोस्