दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ।
मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए। क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ।
क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ। त्यसैगरी दाङ क्षेत्र नं १ र २ मा केही समयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।