काठमाडौं क्षेत्र नम्बर २ को मतगणना दिउँसो २ बजेपछि हुने भएको छ।
सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेपछि मात्र मतगणना सुरु गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले जानकारी दिइन्।
क्षेत्र नम्बर २ को सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर काठमाडौंस्थित थलीमा पुर्याइएको छ।
यस क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एकालेबाट मणिराम फुयाँल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन्।