पूर्वी नवलपरासी–१ मा कांग्रसका शशांक कोइराला निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रसका डा.शशांक कोइराला निर्वाचित भएका छन्।

पूर्वमहामन्त्री समेत रहेका उनले एमालेका कृष्ण पौडेललाई हराएका हुन्। 

बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलले २५ हजार ४७ मत पाए। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-24 13:27:00

प्रतिकृया दिनुहोस्