मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह विजयी

फाइल तस्बिर
फाइल तस्बिर

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन्।

उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन्।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी छिन्।

यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याएका थिए। 

प्रकाशित मिति: : 2022-11-24 13:59:00

प्रतिकृया दिनुहोस्