अपराजित यात्रा जोगाउन गच्छदारलाई सकस, दोब्बर मतले भगवती अघि

File photo
File photo

सुनसरी क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम गरेकी छिन्।

आफूलाई लगातार दुई पटक पराजित गरेका नेपाली कांग्रेसका विजयकुमार गच्छदार र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीलाई पछि पार्दै उनले अग्रता कायम गरेकी हुन्। 

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार चौधरीले ८ हजार ६२ मत मत ल्याई अग्रस्थानमा छिन्। 

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल बाबु मैनाली ४ हजार ५८२ मतका साथ दोस्रो स्थानमा छन्।

 भगवतीलाई लगातार दुई पराजित गरेको कांग्रेसका गच्‍छदार तेस्रो स्थानमा छन्। उनको मत ४ हजार ५६३ रहेको छ। 

२०४८ सालबाट चुनावमा भाग लिएका गच्छदार अपराजित नेता हुन्। पार्टी बदले पनि उनले हरेक चुनावमा जित्दै आएका छन्। 

२०४८, २०५१, २०५६ र २०७४ का चुनावमा गच्छदार कांग्रेसबाट विजयी भए। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट र ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उनी विजयी भएका थिए। २०७० र २०७४ को निर्वाचनमा सुनसरी ३ बाट गच्छदारले चौधरीलाई लगातार पराजित गरे। 

२०७४ मा ३२१ को झिनो मतान्तरले भगवतीले चुनाव हारेकी थिइन्। सुरुवाती मत परिणाम र मतको अवस्था हेर्दा अपराजित गच्छदारको यात्रामा ब्रेक लाग्न सक्ने देखिन्छ।

प्रकाशित मिति: : 2022-11-24 15:34:00

प्रतिकृया दिनुहोस्