अबकाे मुख्य चुनाैति संविधान कार्यन्वयन: प्रकाशमान सिंह

काठमाडाैँ– १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहले निर्वाचन सम्पन्न भएसँगै अबकाे मुख्य चुनाैति संविधान कार्यन्वयन भएकाे बताएका छन्।

आज (शुक्रबार) काठमाडाैँ– १ बाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र वितरणकाे लागि आयाेजित कार्यक्रममा बाेल्दै सांसद सिंहले निर्वाचित भएसँगै संविधान कार्यन्वयनकाे लागि नीति निर्माणकाे काम गर्ने बताए।

‘हामीलाई जनताले निर्वाचित गराएर पठाएपछि हाम्राे अबकाे जिम्मेवारी जिम्मेवारी भने जारी संविधान कार्यन्वयनकाे लागि नीति निर्माण बनाउनुका साथै आफ्नाे क्षेत्रकाे भाैतिक निर्माणकाे लागि काम गर्नु हाे,’ सिंहले भने। त्यसअघि उनले आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यावद दिएका थिए।

उनले विगतका कामले जनता सन्तुष्ट हुन नसकेकाेले बाँकी कार्यकालमा जनताकाे महत्व र आवश्यकता अनुसार काम गर्ने बताए।

त्यस्तै निर्वाचन जितेर प्रमाणपत्र ग्रहरण गर्दै आफ्नाे राजनीतिक करियरमै सबैभन्दा व्यवस्थित चुनाव यसपटक भएकाे प्रतिक्रिया दिए। ‘मेराे राजनीतिक यात्रामै अहिलेकाे जस्ताे व्यवस्थित निर्वाचन कहिलै भएकाे थिएन। व्यवस्थित ढंगले चुनाव हुँदा मतदाता र हामी सबै खुसी छाैँ।’

उनले निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य कर्मचारीलाई धन्यवाद व्यक्त गरेका थिए।

सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेर निर्वाचन जितेका हुन्। सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भएका थिए।

प्रकाशित मिति: : 2022-11-25 15:12:00

प्रतिकृया दिनुहोस्