सेनाले गर्‍यो उपल्लो डोल्पाबाट गर्भवती महिलाको उद्धार

हिमाली जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ।

डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुर्‍याइएको हो।

प्रसव पीडामा छट्पटाइरहेकी लामा जिल्ला अस्पताल पुग्न हिँडेर चार पाँच दिन लाग्ने भएकाले पनि मानवीय संवेदनालाई ख्याल सेनासँग समन्वय गरेर हेलिकप्टरमा दुनै झारिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी जानकारी दिए।

उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि उनको सुरक्षित सुत्केरीका लागि सदरमुकाम झारिएको उनले बताए।

निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाले हेलिकप्टरले गर्भवती झारिदिएपछि ज्यान जोगिएको भन्दै उनका आफन्तले सेनालाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: : 2022-11-26 17:13:00

प्रतिकृया दिनुहोस्