निर्वाचन समीक्षा : डोल्पालीले पाए पूर्ण मताधिकार प्रयोग गर्न

यस पटकको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ।

जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गरिएको बताए।

यस पटकको निर्वाचनलाई समीक्षा गर्दा डोल्पाली जनताले पूर्ण रुपमा मताधिकारको प्रयोग गर्न पाएको उनको भनाइ छ।

जिल्लामा सम्पूर्ण सरोकारवालाको सहयोगमा यस पटकको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले खुशी व्यक्त गरे।

जिल्लामा पहिलो पटक माथिल्लो डोल्पाका संवेदनशीलसहित तल्लो डोल्पाका सम्पूर्ण मतदान केन्द्रमा नेपाली सेना खटाइएको रामवाण गुल्मका सेनानी सञ्जय देउजाले बताए।

विगतका निर्वाचनहरुमा सेनाको सुरक्षा फौज पर्याप्त हुँदा मतदान केन्द्र तथा मतपेटिका सुरक्षामा समस्या हुने गरेको पाइए पनि यसपटक सबैको सहयोगमा सपलतापूर्वक निर्वाचन सम्पन्न भएको उनले बताए।

राष्ट्रिय पर्वको रुपमा रहेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राजनितिक दल, शैक्षिक संस्था, सञ्चारकर्मी, पर्यवेक्षकलगायतका सम्पुर्ण निकायलाई धन्यवाद दिइएको छ।

प्रकाशित मिति: : 2022-11-27 11:15:00

प्रतिकृया दिनुहोस्