सुनसरी–१ बाट अशोक राई निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोककुमार राई सुनसरी–१ बाट प्रतिनिसिसभा सदस्य निर्वाचित भएका हुन्। 

उनले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)को समर्थन रहेका राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेका छन्।

यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र(का मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-28 07:06:00

प्रतिकृया दिनुहोस्