दोलखामा मंसिर १५ गते पुन निर्वाचन हुने

दोलखामा विभिन्न कारण रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिले आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने र आजैदेखि निर्वाचनको तयारी थालिएको छ।

यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो। दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो।

प्रकाशित मिति: : 2022-11-28 10:30:00

प्रतिकृया दिनुहोस्