विश्वकप फुटबल : नेयमारको स्थानमा गेब्रियल मार्टिनेली खेल्ने

GETTY IMAGES
GETTY IMAGES

पाँच पटक विश्वकप विजेता ब्राजिलले आज स्विजरल्याण्डसँग आफ्नो दोस्रो खेल खेल्दै छ।

यसअघि ब्राजिलले आफ्नो पहिलो खेल सेरेबियासँग खेलेको थियो, जसमा ब्राजिलले २–० को जित हासिल गरेको थियो। 

सोही खेलमा ब्राजिलका स्टार नेयमार घाइते भएका थिए, जसले गर्दा उनले समूह चरणको दुई खेल गुमाउने छन्। उनी दुई खेलमा नहुँदा उनको स्थानमा ब्राजिलका अर्काे आशालाग्दा खेलाडी गेब्रियल मार्टिनेलीले खेल्दै छन्।

सन २००१ मा जन्मेका मार्टिनेली ब्राजिलियन राष्ट्रिय टोली तथा फुटबल क्लब आर्सनलका फरवार्डर हुन्। 

उनले यही विश्वकप देखि सिनियर खेलमा डेब्यु गर्दै छन्। उनले यसअघि ब्राजिलियन यु–२३ फुटबल टोलीमा खेलेका छन।

उनले आफ्नो क्लब आर्सनका लागि १०४ खेलमा २३ गोल गर्न सफल भएका छन्। 

प्रकाशित मिति: : 2022-11-28 12:44:00

प्रतिकृया दिनुहोस्