डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

John Sibley/Reuters
John Sibley/Reuters

अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो।

खेलको ६०औँ मिनेटमा माथेव लेकिईले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए। बाँकी समयमा डेनमार्कलाई रोक्दै अस्ट्रेलिया विजयी भएको हो।

अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो।

डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ।

प्रकाशित मिति: : 2022-11-30 23:08:00

प्रतिकृया दिनुहोस्