नेकपा एस राष्ट्रिय पार्टी बन्न १८ हजार मत आवश्यक, ७ लाख मत गन्न बाँकि

नेपालमा सम्पन्न आमनिर्वाचनमा अझै पनि एउटा ठूलो प्रश्न बाँकि छ, माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्छ कि बन्दैन ? प्रत्यक्षतर्फ १० स्थान जित्दा पनि ३ प्रतिशत थ्रेसहोल्डका लागि संघर्षरत् यो दलले १,०२,३०,६५५ मत गन्दा  २,९२,२०२ मत पाएको छ ।  यो गणना भएको मतको २.८५६% मात्र हो । 

सत्तारूढ गठबन्धनको एक महत्वपूर्ण घटक नेकपा एसले ३ प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी हुने बितिकै यो दल राष्ट्रिय दल भएर समानुपातिकतर्फ अरू चार प्रतिनिधिसभा सदस्य थप्ने थियो  । यसले सत्तारूढ गठबन्धनलाई नै फाइदा हुने थियो । 

दोलखाका १० बिवादित मतदान केन्द्रमा  आज मतदान हुदैछ । यसमा सत्तारूढ गठबन्धनका मतदाताहरूले समानुपातिकतर्फ नेकपा एसको कलममा मतदान गरिदिए भने यो दललाई राष्ट्रिय पार्टी बन्न सहज हुने थियो । सत्तारूढ गठबन्धनका केही नेताहरूले यसबारेमा कुरा चलाए पनि संस्थागत प्रयास भने भएको देखिदैन । त्यसो त यस्तो कुरा संस्थागत निर्णय गर्ने कुरा पनि भएन। 

नेपालमा सम्पन्न आमनिर्वाचनमा अझै पनि एउटा ठूलो प्रश्न बाँकि छ, माधव नेपाल अध्यक्ष रहेको नेकपा (एस) राष्ट्रिय पार्टी बन्छ कि बन्दैन ? त्यसका लागि गन्न बाँकि रहेको ७ लाख मतमा  १९ हजार मत ल्याउनुपर्ने हुन्छ । 

दोलखाबाट हाम्रा प्रतिनिधिले जनाएअनुसार सत्तारूढ दलका समर्थक केही मतदाताले नेकपा एसलाई समानुपातितर्फ मतदान गरेको बताएका छन् ।

यसबीच बाजुरा र स्याङ्जाका केही स्थानमा पुननिर्वाचन गराउने माग लिएर नेकपा एमाले निर्वाचन आयोग गएको थियो । तर, त्यहाँ मतदान गराउँदा सत्तारूढ गठबन्धनका अन्य घटकले नेकपा एसलाई समानुपातिकमा मतदान गर्ने सम्भावना बढेपछि एमाले हाइकमाण्डको संकेतअनुसार निर्वाचन आयोग त्यहाँ निर्वाचन नगराउने निर्णयमा पुगेको छ । यदि ती स्थानमा निर्वातन गराएको भए सत्तारूढ गठबन्धनले नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन रणनीति अपनाउने थाहा पाएर एमाले अध्यक्ष ओलीले आफूले भर्ना गरेका प्रमुख निर्वाचन आयुक्तसँग मन्त्रणा गरेको निर्वाचन आयोगकै एक आयुक्तले नाम उल्लेख नगर्न शर्तमा बीएल नेपालीलाई बताए ।

यो निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ।  यस आधारमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन  तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।

अब करिव ७ लाख मतदान गर्न बाँकि छ भने नेकपा एसलाई राष्ट्रिय पार्टी बन्न अरू १८ हजार मत आवश्यक छ । 

 

 

प्रकाशित मिति: : 2022-12-01 09:20:00

प्रतिकृया दिनुहोस्