सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले विजयी 

सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गरेका हुन्।

सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी कुसियैतले ३० हजार ३७१ मत ल्याए।

कार्की यसअघि भोजपुरबाट हारको ह्याट्रिक गरी सुनसरी झरेका थिए। २०७४ मा यसै क्षेत्रबाट विजयी कार्की यसपटक पनि विजयी भएका छन् ।

 

प्रकाशित मिति: : 2022-12-01 11:16:00

प्रतिकृया दिनुहोस्