सहकारीहरूको भागाभाग: के हेर्दैछ सरकार ?

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

अहिले सहकारीहरूको भागाभाग छ। सहकरीहरू टाट पल्टिसकेका छन् भन्दा पनि केही फरक पर्दैन। देशमा अहिले दिनहुँ सहकारीहरू भागिरहेको छन्। भाग्ने सहकारीहरूलाई सहकारी विभागले कारबाही गर्न सकेको छैन।

सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यो १२ वटा सहकारीलाई समसयग्रस्त घोषण गरेपछि तिनीहरूले जनताको पैसा किस्ता किस्तामा तिर्दै छन्।

काठमाडौँस्थित सुन्धारामा रहेकाे गोरखा सेभिङ एण्ड क्रेडिटले सर्वसाधारणको पैसा समयमा नदिएको गुनासो आएको छ। बचतकर्ताकाअनुसार कसैले पनि समयमा पैसा पाएको छैनन्, जसले गर्दा निकै समस्या उत्पन्न भएकाे छ। ‘यो सहकारीले हाम्रो पैसा फिर्ता दिन्छु भनेको छ। अहिले पनि हामीलाई हप्ताकाे १० हजार मात्रै दिइराखेको छ,’ साेही सहकारीमा लामाे समयदेखि काराेबार गर्दै आएका एक सदस्यले भने।

काठमाडौँस्थित धर्मपथमा रहेकाे अष्ट सेभिङ एण्ड को– अपरेटिभ प्रा.लि.ले भने सर्वसाधारणहरूको पैसा फिर्ता सकेको छैन। सहकारीका अध्यक्ष अनिल खड्का भन्छन्,‘हामी बचतकर्ताहरूको पैसा फिर्ता दिन्छौँ तर केही समय चाहिन्छ। हामी अहिले ९ वटा सहकारी गाभेका छाैँ। मेरा सहकारीसँग जोडिने सम्पूर्ण बचतकर्ता, सदस्यहरूको पैसा फिर्ता हुन्छ। म काहीँ पनि भागेको छैन।’

केही महिनाअगाडि काठमाडौंको बौद्ध, टुसालमा रहेको अक्षता बचत तथा ऋण सहकारी बन्द गरेर १ वर्षदेखि सञ्चालक सम्पर्कविहीन भएपछि पैसा बचत गरेकाले आफ्नो पैसा फिर्ता नपाएको भन्दै दुःख पोखिरहेका छन्।

शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका बचतकर्ताले आफ्नो निक्षेप नपाएको भन्दै केही महिनाअगाडि आन्दोलन पनि गरेको थियो।

२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले अझैं पनि सर्वसाधारणहरूको बचत रकम फिर्ता गर्न सकेको छैन।

जन्म बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीराम श्रेष्ठ स्थापनाको २ वर्ष नपुग्दै सर्वसाधारण ठग्न भ्याए। उनले सहकारीबाट १ करोड १३ लाख रूपैयाँ हिनामिना गरेर फरार भए तर अहिले सहकारीको नाममा भएको जग्गा बेचेर सर्वसाधारणहरूको रकम फिर्ता गर्न आँटेका छन्।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाले पनि सर्वसाधारणहरूको रकम किस्ता किस्ता तिर्दै आएको छ।

सिभिल र गौतमश्री सहकारीले पनि बचतकर्ताको करोडौं पैसा ठगी गरेका छन्। सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा छन्। गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारीमा सूचीकृतको नम्बर एकमा छ। यो सहकारीले भने सर्वसाधारणहरूको पैसा फिर्ता दिइरहेको छैन।

ओरेण्टल को– अपरेटिभ लिमिटेडलाई सरकारले दोस्रो पटक समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। एक जना बचतकर्ता भन्छन्,‘ओरेण्टल को अपरेटिभ लिमिटेडका अध्यक्ष घुमेर हिँडिराखेका छन् तर सहकारी विभाग मूखदर्शक भनेको छ। हामी सहकारी विभागमा गएर जहिले पनि भन्छौं तर केही पनि गर्दैन्। किन हो हामीले बुझन सकेनैं।’

अहिले प्राय: खुल्ला भएका सहकारीहरूले जनताको पैसा फिर्ता दिन्छौं भनेर आश्वासन बाँढिरहका छन्। सहकारीहरूले दिने आश्वासन, हाम्रो पैसा फसेको छ, त्यो आउने बित्तिके दिन्छौँ भन्छन्। के आम सर्वसाधारणहरूको पैसा फसाउन दिएकाे हो सहकरीहरूलाई ? कति सजिलो गरी भन्छन्, सहकारीका सञ्चालकहरू ?

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय भन्छन्,‘जनताको पैसा त्यत्तिकै साना पाइदैन। सर्वसाधारणहरूले पनि सही ठाँउमा आएर उजुरी दिनुपर्‍याे, त्यसले गर्दा हामीलाई कारवाही गर्न सजिलो हुन्छ।

सहकारीबाट जनताहरू ठगिने क्रम बढेका एकपछि अर्को घटना सार्वजनिक हुन थालेपछि सरकारले सार्वजनिक अपिल पनि गरेको थियो।

अहिले सहकारीका मानिसहरू पैसा उठाउने गरेको पनि देखिदैनन्। अहिले सर्वसाधारणहरू सहकारीदेखि निकै रूष्ट छन्। भन्छन्,‘हाम्रो पैसा लिन पनि भिख मागेको जस्तो पो छ।’

सरकारले सहकारीहरूको लागि पनि बैंकको जस्तो नीति नियम लागु गर्न जरूरी देखिन्छ, जसले गर्दा सिधा जनताहरूको पैसा फस्दैन।

सरकारले सहकारीको विषयमा चाँडो सोच्नुपर्छ। भाग्ने सहकारीहरूलाई कानुनी कारबाहीको दायरमा ल्याउनुपर्छ नत्र भए सहकारीहरू भागेको भागे हुन्छन्।

सहकारीमा सर्वसाधारणहरूको फसेको पैसाको कोसँग उठाउने हो त सरकार ? त्यहीँ भएर सरकारको चाँडोभन्दा चाँडो घैटाेमा घाम लागोस्। सहकारीहरूले पनि बैंकको जस्तो नेपाल राष्ट्र बैंकका डिपेजिट राखेर काम गर्ने व्यवस्था मिलाउनुपर्छ। त्यस्तो गर्दा जनताहरूको पैसा फस्दैन।

तत्काल पैसा फिर्ता दिन नसक्ने भनेर थुप्रै सहकारीले त हात नै उठाइसके।

प्रकाशित मिति: : 2022-12-01 22:10:00

प्रतिकृया दिनुहोस्