दक्षिण कोरियाको पोर्चुगलविरुद्ध सनसनीपूर्ण जित

BreaknLinks
BreaknLinks

कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलमा दक्षिण कोरियाले पोर्चुगलविरुद्ध सनसनीपूर्ण जित गरेको छ।

पोर्चुगललाई २—१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको हो।

दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अग्रता बनाएको थियो। 

दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। 

खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

९० मिनेटपछि थप गरिएको समयमा सनको पासमा ह्वाङ हि चानले गरेको गोल नै जितको लागि प्रयाप्त बन्यो।

प्रकाशित मिति: : 2022-12-02 22:49:00

प्रतिकृया दिनुहोस्