मंगलबार क्रोयसियासँग आम्नेसाम्ने हुँदै
अर्जेन्टिना पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४–३ले पराजित गर्दै कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। उसको सेमीफाइनल भिडन्त मंगलबार क्रोयसियासँग हुने छ।
क्रोयसिया आजै भएको अर्को क्वार्टरफाइनलमा ब्राजिललाई स्तव्ध पार्दै सेमिफाइनलमा पुगेको हो।
अर्जेन्टिनालको मोलिनाले ३५औं मिनेटमा गोल गर्दै गोलको खाता खोलेका थिए। ७३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेर अर्जेन्टिनालई २–०को स्थितिमा पुर्याएका थिए।
यसरी लगभग जीतको नजिक पुगेको अर्जेन्टिनालाई नेदरल्या्ण्ड्सले अन्तिम १० मिनेटमा दुई गोल गर्दै बरारबरीको स्थितिम राख्यो।
अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेको खेलमा पहिलो दुई प्रहार असफल पार्दै अर्जेन्टिनी किपरले जीतको आधार मजबुत बनाए। तर, एक अर्जेन्टीनी खेलाडीले बल बाहिर हानेपछि खेल फेरि रोचक मोडमा पुग्यो। तर, अर्जेन्टिनाका देलाडीले पाँचौ पेनाल्टीलाई जाली चुमाएपछि नेदरल्याण्ड्सले अन्तिम पेनाल्टी सुट आउन नगर्दै खेलको नतिजा अर्जेन्टिनाको पक्षमा गयो।
खेलमा अर्जेन्टिनाका किपर निर्णायक रहे। उनले पिहलो दुई पेनाल्टी रोकिदिएर जीतको आधार बनाए।