आईएफकेके कराँते टोली आज भारत जाँदै

File Photo
File Photo

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराँते (आईएफकेके) टोली आज बिहीबार भारतको कोलकाता प्रस्थान गर्दैछ।

राष्ट्रिय कराँते प्रतियोगिता (आईकेओकेएस कोलकाता ब्रान्चेसमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय टोली भारत जान लागेको हो।

डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल घिसिङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन्।

प्रकाशित मिति: : 2022-12-15 07:26:00

प्रतिकृया दिनुहोस्