तेक्वान्दो खेलाडी शेरबहादुरकाे उपचारमा पाँच लाख सहयाेग

photo : khelpati
photo : khelpati

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग गरेको छ।

लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले दुई लाख र परिषद्ले तीन लाख गरी पाँच लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी गराएका छन्।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई पाँच लाखको चेक बिहीबार हस्तारन्तरण गरेका हुन्।

कैलाली जिल्ला निवासी सिंहको दिल्लीस्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भइरहेको छ। उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2022-12-15 17:56:00

प्रतिकृया दिनुहोस्