अवतार- २ : द वे अफ वाटर- उच्च प्रविधियुक्त सिनेमा 

Image via Marvel
Image via Marvel

सन् २००९ मा जेम्स क्यामरुनद्वारा निर्देशित ‘अवतार’ रिलिज भएको थियो। त्यो वर्ष यो सुपर हिट सिनेमाले नौ वटा ओस्कार अवार्ड पनि जितेको थियो। विज्ञान कथामा आधारित र उच्च प्रविधियुक्त यो सिनेमा त्यो वर्षको सबैभन्दा बढी कलेक्सन गरेको सिनेमा हो। करिब १३ वर्षपछि निर्देशक क्यामरुनले दोस्राे भाग ‘अवतार टु: द वे अफ वाटर’ लिएर आएका छन्। जो पछिल्लो हप्ता रिलिज भएको छ।

सिनेमाको कथाअनुसार पहिलो भागमा जुन जादुको बक्सा मान्छेहरुले प्राप्त गरेका थिए, त्यो बक्सा खोलेर त्यसमा के रहेको छ भन्ने थाहा पाउन मान्छे र अर्कै ग्रहका प्राणीहरुले गर्ने संघर्ष अगाडि बढ्छ। मान्छेहरुलाई पृथ्वीमा बस्दा खतरा हुने भएर उनीहरु अर्कै ग्रहमा जान चाहन्छन् भने ती प्राणीहरु मान्छेहरुलाई आफू बसेको ठाउँमा आउन दिन चाहन्नन्।


उचाइ: पारिवारिक फिल्म पारखीहरुकाे लागि विशेष प्याकेज


सिनेमाको काल्पनिक संसारमा जेक सली (सेम वर्थिङ्ग्टन) आफ्नो पत्नी नेतिरी (जो सलदाना) र आफ्नो चार बच्चाहरुसँग आनन्दका साथ जीवनयापन गरिरहेका हुन्छन्। साथै उनको साथ एउटा मान्छेको बच्चा स्पाइडर (जेक च्याम्पियन) पनि हुन्छ। एक दिन मान्छेहरुले उनीहरुको संसार अर्थात पानीभित्र आक्रमण गर्छन्। अब त्यो संघर्षमा कसको जित हुन्छ, त्यो नै करिब ३ घण्टा १२ मिनेटको सिनेमामा प्रस्तुत गरिएको छ।

सिनेमाका प्रमुख पात्रहरुको ‘गेट अप’ मान्छेको जस्तो नभएको कारण उनीहरुको अभिनयको बारेमा खासै केही भन्न सकिन्न। भी एफ एक्सको उच्च प्रविधि प्रयोग गरेको र सिनेमा थ्री डि भएको कारण सिनेमाको कथाभन्दा ‘मेकिङ्ग’ हेर्दा रमाइलो हुने पंक्तिकारको निजी विचार छ। सिमोन फर्गनेग्लेङ्गको सङ्गीत र क्यामेराको जिम्मा लिने रशल कार्पेन्टरको कामलाई जति तारिफ गरे पनि पुग्दैन। यस्तै निर्देशक क्यामरुन दर्शकहरुलाई बाँधेर राख्न सफल छन्।

यो सिनेमा हेर्दाहेर्दै भारतमा र ताइवानमा गरी दुई जनाको मृत्यु भएको कारण सिनेमामा दर्शकलाई उत्तेजित गर्ने ठाउँ रहेछ भन्ने प्रमाणित हुन्छ। विज्ञान जस्तो बोझिल विषय र त्यसमा पनि अँग्रेजी भाषा भएको कारण भाषाको समस्याको कारण पंक्तिकार जस्तो दर्शकहरुलाई सिनेमा छेउ न टुप्पोको जस्तो पनि लाग्न सक्छ।


‘ब्ल्याक प्यान्थर: वाकान्डा फरइभर’ अर्थात् राजा, राेग र समुन्द्रकाे कथा


त्यस्तै प्रविधिको रुपले उत्कृष्ट समुन्द्र र समुन्द्रभित्रको दृश्य, थ्री डि इफेक्ट हेरेर मनोरञ्जन लिने हो भने एकपटक हेर्दा राम्रै हुन्छ। सरकारी स्कुलमा पढेको पंक्तिकार जस्तो अँग्रेजी भाषामा कम दखल भएको दर्शकले यो सिनेमाको कथा सुरुदेखि अन्तसम्म सबै बुझेको छु भन्छ भने त्यो सरासर झुट हो वा ऊ धेरै पहिले नै अँग्रेजी भाषामा पण्डित भइसकेको हुनुपर्छ।

समग्रमा कथाभन्दा पनि प्रविधिको लागि यो सिनेमा एकपटक हेर्दा मनोरञ्जन नै होला भन्ने विश्वास पंक्तिकारको छ। तर यो विचार निजी भएको कारण सबैलाई सहमत र असहमत हुने स्वतन्त्रता छ।

भिडियाे:

प्रकाशित मिति: : 2022-12-21 15:21:00

प्रतिकृया दिनुहोस्