काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपाली टोलीले पहिलो खेलमा बंगलादेशलाई प्रतिस्पर्धा गर्न लागेको हो। आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ।

तर, बलियो बंगलादेशसँग जित निकाल्न नेपाललाई सहज हुने छैन । नेपाली टोलीले प्रतियोगिताका लागि मात्र एक महिना तयारी गरेको थियोे।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टराईले नेपाली टोलीले जितका लागि खेल्ने बताए । खेलाडीमा तयारी र अनुभवको कमि भएपनि टिमले आफुसग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने बताए।

‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं। खेलाडीमा अनुभवको कमि छ। हामीले तयारी पनि एक महिनाको गरेका छौ । आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार  बंगलादेशको राजधानी ढाका आएको थियो।  च्याम्पियनसिप आज देखि ११ सम्म आयोजना हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टराईले नेपाली टोलीले जितका लागि खेल्ने बताए। खेलाडीमा तयारी र अनुभवको कमि भएपनि टिमले आफुसग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने बताए।

‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं । खेलाडीमा अनुभवको कमि छ । हामीले तयारी पनि एक महिनाको गरेका छौ । आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार  बंगलादेशको राजधानी ढाका आएको थियो। च्याम्पियनसिप आज देखि ११ सम्म आयोजना हुनेछ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छन्।

प्रकाशित मिति: : 2022-12-22 08:42:00

प्रतिकृया दिनुहोस्