लामो समय विश्राममा रहेको इंग्लिस प्रिमियर लिग फुटबल सोमबारबाट सुरु हुँदैछ। कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो। पहिलो दिन सात खेलहरु हुनेछन्।
साझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन्। यसैगरी पौने ९ बजे चार खेलहरु हुने तालिका छन्। लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ।
यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आर्सनल र वेस्टहमबीच भिडन्त हुनेछ।
प्रिमियर लिगमा ३७ अंकसहित आर्सनल शीर्षस्थानमा छ। ३२ अंकको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहँदा न्युक्यासल ३० अंक सहित तेस्रो स्थानमा छ। टोटनहम चौथो र म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा छन्। नटिंघम फोरेस्ट, साउह्याम्पटन र उल्भ्स रेलिगेशन क्षेत्रमा छन्।