चेल्सीको सहज जित

Photograph: Andrew Fosker/Shutterstock
Photograph: Andrew Fosker/Shutterstock

इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ।

घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो। चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए। दुबै गोल पहिलो हाफमा सम्भव भएको हो।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे। २४औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए। हाभार्टजले दोस्रोे गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन।

जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ। बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ।

मंगलबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ।

प्रकाशित मिति: : 2022-12-28 08:41:00

प्रतिकृया दिनुहोस्