जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किंग्सले दोस्रो जित निकालेको छ। पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले दोस्रो जित गर्दा गरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै विराटनगरलाई १३६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८.४ ओभरमा दुई विकेट गुमाएर १ सय ३८ रन बनाउँदै ८ विकेटको सानदार जित दर्ता गर्यो।
विराटनगरको जितमा रोहित पौडेलको अविजित अर्धसतकिय इनिङ खेले। रोहितले विराटनगरका लागि ५७ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रन बनाए। त्यस्तै, ओपनर अर्जुन साउद गोल्डेन डक आउट हुँदा गौरान्सु शर्माले ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाए । हुसेन टतले २३ बलमा ३ चौकासहित अविजित २८ रन जोडे।
पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए।
पोखराका लागि मध्यक्रमका ब्याटर अमिर हम्जाले अविजित ३७, ओपनर सुमित महर्जनले २६, असिफ शेख ११ रन र कप्तान उपुल थरंगा २५ मा आउट भए।
विराटनगरका लागि कप्तान आन्द्रे मकार्थीले तीन विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिएर तीन विकेट लिएका हुन्। नन्दन यादव, राज ननन् र साहब आलमले समान एक/एक विकेट लिए।
विराटनगरसँग दोस्रो पटक पराजित भएको पोखराले जारी सिजनमा पाचौँ हार व्यहोरेको छ।