भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन्।
उनको कार शुक्रबार बिहान उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो।
पन्तको कार दिल्ली–देहरादुन राजमार्गमा ठोक्किएको थियो। अगाडिको सिसा फुटेर उनी बाहिर निस्किएका थिए। त्यसपछि कारमा आगो लागेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ।